Tuesday, February 14, 2012

"विश्वको सबैभन्दा पुरानो प्रेम पत्र "

भगवान  श्रीकृष्णले  १६१०८ रानीहरु संग विवाह गर्नुभयो  भन्ने हामीले  सुन्दै आएका छौ । जस मध्यकी  पहिली रुक्मिणीको विवाह चेदी देश नरेश  शिशुपाल संग हुने पक्का भए पछि एकान्तमा  बसेर रुक्मिणीले  प्रेम पत्र  लेखेर ब्राम्हणका हातमा पठाएकी  हुन् । बडो मजाको छ यो प्रेम पत्र हुन पनि  प्रेम पत्र भन्ने वित्तिकै  सबैको चाखलाग्दो  विषय हुन आउछ । आदरणीय  गुरुज्यूले  श्रीमद्भागवत  पढाउने क्रममा यो प्रसंगलाई अलि रोमान्टिक बनाउदै  बाबु अर्काको प्रेम पत्र पढ्नु हुदैन भन्दै ठट्टा गर्नुभएको प्रसंग पनि अझै ताजा छ ।

  गुणी विद्वान  जनले यी सातश्लोकको  महत्व पनि  राक्षस विधि द्वारा  भएको विवाह हुँदा विवाह मण्डप तथा अग्निस्थापन नहुने र अग्निका सात परिक्रमा पनि नहुने भएकाले यिनैलाई   सात परिक्रमा  स्वरूप मानेकाछन् ।   


रुक्मिणी लेख्छिन्--
श्रुत्वा गुणान् भुवनसुन्दर श्रृण्वतां ते
निर्विश्य कर्णविवरैर्हरतोऽङ्गतापम् ।
रूपं दृशां दृशिमतामखिलार्थलाभं
त्वय्यच्युताविशति चित्तमपत्रपं मे॥

अर्थ:- हे भुवनसुन्दर ! तपाईका गुणलाई  जसकसैले पनि सुन्छ भने उसका  कानको बाटो हुँदै  हृदयमा  प्रेवेश गरेर  प्रेत्येक अंगको ताप तथा उसका  जन्म-जन्मान्तरको  चक्रलाई नष्ट  गरिदिन्छ  त्यतिमात्र  नभएर  हजुरको शोभनीय  रुप निहार्ने जनकालागि धर्म,अर्थ,काम,मोक्ष चारै पुरुषार्थको  फल  एवं स्वार्थ परमार्थ सबै सिद्ध हुन्छ  त्यसैले हे अच्चुत !  मेरो चित्त   लोक लाजलाई त्यागेर  हजुरमा  नै  प्रेवेश गरिसकेको  छ ।

का त्वा मुकुन्द महती कुल शीलरूप-
विद्यावयोद्रविणधामभिरात्मतुल्यम् ।
धीरा पतिं कुलवती न वृणीत कन्या
काले नृसिंह नरलोकमनोऽभिरामम् ॥

अर्थ:- प्रेमस्वरूप  श्यामसुन्दर ! जुनसुकै  दृष्टिबाट हेरे पनि कुल,शील-स्वभाव ,सुन्दरता ,विद्या ,अवस्था ,धन , धाम आदि सबैमा हजुर अद्वितीय  हुनुन्छ कसै संग हजुरको तुलना हुनै सक्दैन । मनुष्य लोकमा  जति पनि प्राणी छन्  सबैको मन हजुरलाई  हेरेर शान्तिको अनुभव  गर्दछ  भने  हे पुरुषभूषण !  हजुर आफै भन्नुहोस् यस्ति कुन् चाहिँ कुलवती,महागुणवती र धर्मवती कन्या होलि  जसले  हजुरलाई पतिरुपमा वरण नगरोस् ।

तन्मे भवान् खलु वृतः पतिरंग जाया-
मात्मार्पितश्च भवतोऽत्र विभो विधेहि।
मा वीरभागमभिमर्शतु चैद्य आराद्
गोमायुवन्मृगपतेर्बलिमम्बुजाक्ष॥

अर्थ:- त्यसैले  हे प्रियतम् ! मैले  हजुरलाई  पतिरुपमा वरण गरिसकेकी छु , हजुर अन्तर्यामी हुनुहुन्छ   मेरो अंतर्ह्रिदयको कुरो हजुरबाट  छुपेको छैन  त्यसैले  यहा  आएर  मलाई  पत्निरुपमा स्विकार  गर्नुहोस्।  कमलनयन ! प्राण वल्लभ !  म हजुर जस्तो   वीरमा समर्पित  भईसकेकी  छु  त्यसैले   जसरि  सिंहको  भाग  स्यालले  छुन खोजे जस्तो कतै    शिशुपाल  नजिकै  आएर मलाई   स्पर्श नगरोस् ।

पूर्तेष्टदत्तनियमव्रतदेवविप्र-
गुर्वर्चनादिभिरलं भगवान् परेशः।
आराधितो यदि गदाग्रज एत्य पाणिं
गृहणाति में न दमघोषसुतादयोऽन्ये॥

अर्थ:- मैले पूर्वजन्ममा  यदि पूर्त {कुवा,तलाउ आदि खनाउनु } ,ईष्ट { यज्ञादी  गर्नु } ,दान, नियम ,व्रत, तथा  देवता- ब्राह्मण  र गुरुहरूका द्वारा परमेश्वरको  आराधना  गरेकी छु भने  श्रीकृष्ण  आएर मेरो पाणीग्रहण  गर्नुहोस्, शिशुपाल तथा  अन्य कुनै पुरुषले   मेरो स्पर्श  गर्न नसकोस् 

श्वोभाविनि त्वमजितोदृहने विदर्भान्
गुप्तः समेत्य पृतनापतिभिः परीतः।
निर्मथ्य चैद्यमगधेन्द्रबलं प्रसह्य
मां राक्षसेन विधिनोदृह वीर्यशुल्काम् ॥

अर्थ:- हे प्रभु ! हजुर अजित हुनुहुन्छ । जुनदिन  मेरो विवाह हुदैछ  त्यसको  एकदिन पहिले नै  हजुर हाम्रो राजधानीमा गुप्तरुपमा  पाल्नुहोस्  र ठुल्ठुला  सेनापतिहरु  सहित  शिशुपाल र जरासन्धलाई  समाप्त पारिदिनुहोस् अनि बल पूर्वक  वीरताको परिचय  दिंदै  राक्षस  विधिले  मेरो हात थाम्नुहोस।


अन्तः पुरान्तरचरीमनिहत्य बन्धूं-
स्त्वामुद्वहे कथामिति प्रवदाम्युपायम् ।
पूर्वेद्ययुरस्ति महती कुलदेवियात्रा
यस्यां बहिर्नववधूर्गिरिजामुपेयात् ॥

अर्थ:- यदि हजुर यो सोच्नुहुन्छ  कि, तिमि  धेरै  महिला मण्डलीले घेरिएर  भित्रि कोठामा रहन्छ्यौ, जहा कुनै पुरुषको प्रवेश सम्भव छैन , तिम्रा भाई-बन्धुहरुलाई  नमारी  म त्यहा  कसरि पुग्न सक्छु?  भने ,यसको उपाय  म  वताउछु । हाम्रो कुल   परम्परा अनुसार  विवाहको एक दिन पहिले नै   कुल देवीको  दर्शन गर्न    ठूलो जमातले  घेरिएर गिरिजा देवीको दर्शन गर्न   कन्याले जानु पर्ने हुन्छ, त्यहिबाट मलाई हरण गरेर लैजानुहोस्  ।

यस्याङिघ्रपंकजरजः स्नपनं महान्तो
वाञ्छन्त्युमापतिरिवात्मतमोऽपहत्यै।
यर्ह्यम्बुजाक्ष न लभेय भवत्प्रसादं
जह्यामसून् व्रतकृशाञ्छतजन्मभिः स्यात् ॥

अर्थ:- हे कमलनयन ! उमा पति भगवान  शंकरका  समान  ठूला-ठूला  महापुरुष  पनि आत्मशुद्धिकालागि  हजुरका  चरणको धूलोले  स्नान गर्न  चाहान्छन । यदि मैले त्यो प्रसाद हजुरको चरण  धूलो  प्राप्तगर्न  सकिन भने  व्रत गरेर  शरीरलाई  सुकाएर  प्राण  त्याग गरिदिने छु । त्यसका लागि  मैले हजारौ  जन्म नै किन लिनु  नपरोस् , कहिले न कहिले  त त्यो प्रसाद  अवश्य नै  प्राप्त होला ।

Saturday, May 7, 2011

कनकधारा स्तोत्र


      || श्री कनकधारास्तोत्रम् ॥
      अङ्गं हरेः पुलकभूषणमाश्रयन्ती
      भृङ्गाङ्गनेव मुकुलाभरणं तमालम् ।
      अङ्गीकृताखिलविभूतिरपाङ्गलीला
      माङ्गल्यदाऽस्तु मम मङ्गलदेवतायाः ॥ १॥
      मुग्धा मुहुर्विदधती वदने मुरारेः
      प्रेमत्रपाप्रणिहितानि गतागतानि ।
      माला दृशोर्मधुकरीव महोत्पले या
      सा मे श्रियं दिशतु सागरसंभवायाः ॥ २॥
      विश्वामरेन्द्रपदविभ्रमदानदक्षं
      आनन्दहेतुरधिकं मुरविद्विषोऽपि ।
      ईषन्निषीदतु मयि क्षणमीक्षणार्धम्
      इन्दीवरोदरसहोदरमिन्दिरायाः ॥ 3॥
      आमीलिताक्षमधिगम्य मुदा मुकुन्दं
      आनन्दकन्दमनिमेषमनङ्गतन्त्रम् ।
      आकेकरस्थितकनीनिकपक्ष्मनेत्रं
      भूत्यै भवेन्मम भुजङ्गशयाङ्गनायाः ॥ 4॥
      बाह्वन्तरे मधुजितः श्रितकौस्तुभे या
      हारावलीव हरिनीलमयी विभाति ।
      कामप्रदा भगवतोऽपि कटाक्षमाला
      कल्याणमावहतु मे कमलालयायाः ॥ 5॥
      कालाम्बुदालिललितोरसि कैटभारेः
      धाराधरे स्फुरति या तडिदङ्गनेव ।
      मातुस्समस्तजगतां महनीयमूर्तिः
      भद्राणि मे दिशतु भार्गवनन्दनायाः ॥ 6॥
      प्राप्तं पदं प्रथमतः खलु यत्प्रभावात्
      माङ्गल्यभाजि मधुमाथिनि मन्मथेन ।
      मय्यापतेत्तदिह मन्थरमीक्षणार्धं
      मन्दालसं च मकरालयकन्यकायाः ॥ 7॥
      दद्याद्दयानुपवनो द्रविणाम्बुधारां
      अस्मिन्नकिञ्चनविहङ्गशिशौ विषण्णे ।
      दुष्कर्मधर्ममपनीय चिराय दूरं
      नारायणप्रणयिनीनयनाम्बुवाहः ॥ 8॥
      इष्टाविशिष्टमतयोऽपि यया दयार्द्र-
      दृष्ट्या त्रिविष्टपपदं सुलभं लभन्ते ।
      दृष्टिः प्रहृष्टकमलोदरदीप्तिरिष्टां
      पुष्टिं कृषीष्ट मम पुष्करविष्टरायाः ॥ 9॥
      गीर्देवतेति गरुडध्वजसुन्दरीति
      शाकम्भरीति शशिशेखरवल्लभेति ।
      सृष्टिस्थितिप्रलयकेलिषु संस्थितायै
      तस्यै नमस्त्रिभुवनैकगुरोस्तरुण्यै ॥ १०॥
      श्रुत्यै नमोऽस्तु शुभकर्मफलप्रसूत्यै
      रत्यै नमोऽस्तु रमणीयगुणार्णवायै ।
      शक्त्यै नमोऽस्तु शतपत्रनिकेतनायै
      पुष्ट्यै नमोऽस्तु पुरुषोत्तमवल्लभायै ॥ ११॥
      नमोऽस्तु नालीकनिभाननायै
      नमोऽस्तु दुग्धोदधिजन्मभूम्यै ।
      नमोऽस्तु सोमामृतसोदरायै
      नमोऽस्तु नारायणवल्लभायै ॥ १२॥
      सम्पत्कराणि सकलेन्द्रियनन्दनानि
      साम्राज्यदानविभवानि सरोरुहाक्षि ।
      त्वद्वन्दनानि दुरितोद्धरणोद्यतानि
      मामेव मातरनिशं कलयन्तु मान्ये ॥ 13॥
      यत्कटाक्षसमुपासनाविधिः
      सेवकस्य सकलार्थसंपदः ।
      संतनोति वचनाङ्गमानसैः
      त्वां मुरारिहृदयेश्वरीं भजे ॥ 14॥
      सरसिजनिलये सरोजहस्ते
      धवलतमांशुकगन्धमाल्यशोभे ।
      भगवति हरिवल्लभे मनोज्ञे
      त्रिभुवनभूतिकरि प्रसीद मह्यम् ॥ 15॥
      दिग् हस्तिभिः कनककुंभमुखावसृष्ट-
      स्वर्वाहिनीविमलचारुजलप्लुताङ्गीम् ।
      प्रातर्नमामि जगतां जननीमशेष-
      लोकाधिनाथगृहिणीममृताब्धिपुत्रीम् ॥ 16॥
      कमले कमलाक्षवल्लभे त्वं
      करुणापूरतरङ्गितैरपाङ्गैः ।
      अवलोकय मामकिञ्चनानां
      प्रथमं पात्रमकृत्रिमं दयायाः ॥ 17॥
      स्तुवन्ति ये स्तुतिभिरमीभिरन्वहं
      त्रयीमयीं त्रिभुवनमातरं रमाम् ।
      गुणाधिका गुरुतरभाग्यभागिनो
      भवन्ति ते भुवि बुधभाविताशयाः ॥ 18॥
      || इति श्रीमच्छङ्कराचार्यकृत
      श्री कनकधारास्तोत्रं संपूर्णम् ॥