नेपाली भजन

सरस्वती वन्दना
जय देवि सरस्वती भगवती माता  
शरणमा पर्छौ हामी भुक्ति-मुक्ति दाता ।।

सरस्वती तिम्रो नाम जिह्वामा बास
चराचरा जगतको पुर्याउने आष ।।           जय देवि..........
किरीट कुन्डलले उज्जवल माथ
विणाले पुस्तकले सु-सोभितछन् हात ।।  जय देवि..........
भक्तलाई भक्तिदिने छुचालाई छुल्ल्याई  
अज्ञानीलाई ज्ञान दिने सुरालाई सूर्याई  ।।     जय देवि..........
लगाएकी सेतो साडी कूर्कुचामा भॅगरी  
ढल्की-ढल्की हीड्ने तिम्रो हॅसको सवारी   ।।   जय देवि..........
भक्ति गर्छौ शरण पर्छौ विद्या वुद्धि पाऊँ
जगत गुरू शारदा जी छोडी कहाँ जाऊँ   
।।     जय देवि..........



जय-जय गणेश -

जय-जय गणेश -२  
जय लम्बोदर जय-जय गणेश ।।
                               जय एक दन्त जय-जय गणेश
जय विघ्नेश्वर जय-जय गणेश ।।
                              जय गौरी पुत्र जय-जय गणेश
जय गणनायक जय-जय गणेश  ।।
                              जय गज बक्त्र जय-जय गणेश
जय भृङ्गिराज जय-जय गणेश ।।
                             जय वक्रतुण्ड जय-जय गणेश
जय नन्दीश्वर जय-जय गणेश ।।
                           जय विनायक जय-जय गणेश
जय सिद्धेश्वर जय-जय गणेश ।।
                          जय मुषक वाहन जय-जय गणेश
जय पार्वति पुत्र जय-जय गणेश ।।


 हरि वोल
हरि वोल - हरि वोल झुटा माया जानी
दुई दिनको जिन्दगानी कर्कलाको पानी ।।   ।।

मेरो-मेरो भन्छ्न् सबै मेरो केहि छैन
एक्लै आउनु एक्लै जानु लानु केहि छैन ।।     हरि वोल.......
माता- पिता ,सुत- बन्धु दुई दिनको मेला
आखिरीमा पर्नु पर्ला यमराजको फेला ।।       हरि वोल.......
पाउँ पायौ तीर्थ गर्न हातले गर्नु दान  
कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान ।।    हरि वोल.......
घोर कलि युग आयो भजन गरौ भाई  
नाम छोडे भोग्नु पर्ला यमको सजाई   ।।      हरि वोल.......
सारा ज्यान नष्ट हुन्छ जान्न केहि साथमा
आखिर आत्मा मिल्छ परमात्माको साथमा  ।।   हरि वोल.......

राम भजौ

राम भजौँ -राम भजौँ - राम भजौँ राss
वाचुन्जेल सन्सारमा सकिदैन काम   ।।  राम भजौँ .....
काम गरी राम भजौँ मिल्छ परम धाम
यो जगतमा सुख दिने भजौँ ऊनै राम  ।।  राम भजौँ .....
इष्ट-मित्र , बन्धु-भाई भजौ सीता-राम  
उल्टा सीधा जपे पनि पुरा हुन्छन् काम ।।   राम भजौँ .....
वाल्मिकी जी जप्ता भए उल्टो मरा-मरा
उल्टो जप्ता सुल्टो भयो राम-राम-राम  ।।    राम भजौँ .....


श्री कृष्ण जसको नाम होस्

श्री कृष्ण जसको नाम होस् गोकुल जसको धाम होस्
यस्ता श्रीभगवानको वारम्वार प्रणाम होस्   ।।  श्री कृष्ण जसको नाम होस्....
यशोदा जसकी मैया हुन् नन्दजी वा-वैया हुन्
यस्ता श्री गोपालको वारम्वार प्रणाम होस्   ।। श्री कृष्ण जसको नाम होस्....
श्री कृष्ण जसको नाम होस् गोलोक जसको धाम होस्
राधा जसकी जाया हुन् -अद्भुत जसकी माया हुन् ।।
यस्ता श्री घनश्यामको वारम्वार प्रणाम होस्  ।।      श्री कृष्ण जसको नाम होस्....

आउ मेरा घरमा
कृष्ण-कृष्ण आउ मेरा घरमा स्वागत गर्छु फूल-माला गासेर ।।

मुखले तिम्रै गुण गाओस् कानले कथा सुनोस्
हातले कर्म मन तिम्रै पाऊँ सम्झि रहोस्      कृष्ण-कृष्ण आउ मेरा.....
जगत वासी शीर मेरो तिम्रै प्रणाम निम्ति  
आँखा तिम्रा रूप धारी सन्त दर्शन निम्ति   ।।  कृष्ण-कृष्ण आउ मेरा.....
                               
होली खेल्न
होली खेल्न आउन गोपिनी
फाल्गुन महिना हातैमा रँग बोकी ।।

भो-भो हामी खेल्दैनौ गोपाल
भिज्छन् लुग बिग्रन्छ श्रीङ्गार  ।। होली खेल्न....

पूर्व तिर जूनैको तारा
गोकुलमा राधाको घर  ।। होली खेल्न....

पशुपतिमा चार ढोका चाँदीका
जता हेर्यो कृष्ण राधिका  ।।  होली खेल्न....
राधा जपौ
राधा जपौ - राधा जपौ - राधा जपौ राssधा |
वियोगमा परि-परि हामी भयौ sधा ||||

शवरीको उद्दार भयो जप्दै राम राम |
कुब्जा पनि मुक्त भइन लिई कृष्ण नाम |||| राधा जपौ.....

द्रौपदीको लाज रह्यो हे गोविन्द भन्दा |
कुरु कुलको बिनाश भो उनका केश तान्दा |||| राधा जपौ.....

पुतनालाई गति दियो दुध प्राण पीई |
सकटासुर तारी दियो एकै लात दीई ||||   राधा जपौ.....

गाई-गोठाला रक्षा गर्यो बन डढेलो पीई |
ब्रज वृन्दावन चाहि गोवर्धन लीई || ||   राधा जपौ.....

शॅखाचुड मारिन गो छिचोल्याई गर्दा |
साधु-सन्त खुशि भये पापी कॅश मर्दा ||||  राधा जपौ.....

सीता राम बन्दना
सीता राम राधे श्याम बन्दना,राधे श्याम बन्दना |
अन्जनाका नन्दना बन्दना ||||

गॅगा- गया, यमुना बन्दना,यमुना बन्दना |
वद्री-केदार नाथको सम्झना ||  सीता राम......||||

जन्म-कर्म भुमीलाई बन्दना,भुमीलाई बन्दना |
माता-पीता सद्गुरु सम्झना ||   सीता राम.... ||||

व्यास शुकदेवको बन्दना,देवको बन्दना |
भक्त जनलाई वारम्बार सम्झना ||  सीता राम ........||||

गौरी-गणेश, शिवजी सहित, शिवजी सहित |
सरस्वती देवीलाई बन्दना ||    सीता राम....||||
चौधै लोकलाई

चौधै लोकलाई प्रकाश दिने - , ब्रह्माण्डका मालिक हुन् |
भजन गरौँ सनातन शेष शायीको- ||

हाम्रो दन्डवत प्रणाम स्विकार गर्नु हुन्छ |
मँ मेरो भन्ने आषा सबै त्याग्नु पर्छ || चौधै लोकलाई .....||||

आठ वर्षको उमेरमा धुर्व बन पसेथ्ये |
प्रह्लादले खम्बैबाट दर्शन गराइदेथ्ये || चौधै लोकलाई .....|| ||

कँशले नी कालो-कालो भन्दै नाम जप्थ्यो |
शिशुपालले सधैभरी गाली मात्रै गर्थ्यो || चौधै लोकलाई .....||||


सुदामा चरित्र

कृष्ण सँग मिलनलाई आएका सुदामा |
गाउँदै हीडेँ मनमा हरे कृष्ण रामा || ||

बाल्य कालका साथि थिएँ देवकी नन्दन |
भेट्ने इच्छा सुदामा जी गुन्छन् मन-मन || कृष्ण सँग .....||||

बाल्य कालमा गौ हेर्दाको क्रीडा रसलाई |
सम्झि-सम्झि जान लागे कृष्ण गाथा गाई ||कृष्ण सँग .....||||

कनिकाको पोको पारी काखिमा लुकाई |
गाउँदै हीडे सुदामा द्वारीका लाई ||              कृष्ण सँग .....||||


शरणमा आयौँ

शरणमा आयौँ प्रभु राख आफ्नो मान |
रक्षा गर - हे दया निधान || ||

प्रभु विना सँसारमा छैन अर्को कोही |
आत्मज्ञानी भक्त विन्ति गर्छन् रोई-रोई ||   शरणमा आयौँ.....||||

योग गर्ने शक्ति छैन , छैन जप ध्यान |
कीर्तनले खुशि भई प्यारो भक्त मान ||
आषा गर्छु चरणको देउँ प्रभु स्थान ||    रक्षा गर -..... ||||

इन्द्रियको दास भई भुले प्रभु सारा |
मोहान्धले अन्ध भई भए आत्महारा ||
झुठा माया मोहको गर अब सान ||    रक्षा गर -...... ||||


वाँसुरी मीठो

वाँसुरी मीठो कृष्णको बज्यो वृन्दावन घारीमा |
सुनेर बन्सी मेरो मन पुग्यो यमुना पारीमा ||||

वेलुकी पख अस्ताए घाम झुल्किए चन्द्रमा |
गाई ग्वाला गोकुलमा आए फर्केर साझमा || वाँसुरी मीठो.....||||

सुरीलो स्वर गुन्जदै आयो सबैका कानमा |
ती तीनै लोक भुवन वासी लट्टिए तानमा || वाँसुरी मीठो......||||

के मीठो तान वँशीको भनी सबैले सुनेर |
पशु पँक्षि सबैको लग्यो हृदय चुडेर || वाँसुरी मीठो......||||

धामका आत्मा गोपीहरुले सुनेर वाँसुरी |
देह गेह त्यागेर पुगे तुरुन्तै दगुरी || वाँसुरी मीठो.......||||

सम्पूर्ण जगत प्रलय भयो यसैका पछाडी |
जानेनन् भेद कसैले पनि केभयो अगाडी || वाँसुरी मीठो.....||||
हे प्रभु
हे प्रभु कृष्ण सखे वँशी बजाइदेउन |
तिम्रो गाउँमा आउछु कृष्ण बाटो देखाइ देउन ||

यमुनाको तीरमा बसि धेनु चराउने |
मुरलीको धुन सुनाई मस्त बनाऊने ||

माता-पीता, दाजु-भाई दीदि-बहीनि सखी |
दुइ दिनको नाता सबै आशा प्रभु माथी ||

कृष्ण -कृष्ण -कृष्ण भन्ने बानी बसाई देउन |
जन्म-जन्म गाईरहन्छु धोको पुर्याई देउन ||

सम्झनाको कोशेलीले मनै खुशिपार्ने |
भक्तलाई आफ्नो मानी भव सागर तार्ने ||

आउन प्रभु छेउमै बसी वँशी बजाइदेउन |
तिम्रो भजन गाउँछु प्रभु लय सिकाई देउन ||

जाउँन जमुना
जाउँन जमुना- सख पानी भरौन |
लमक-लमक हीडन छिटो , सुनको वँशी बजेको मीठो ||  जाउँन जमुना-..

कृष्ण पनि हराई गए .. कदम गाछ मुनी- |
जादै गर सखी तिमी , आउछु पनि {सखि आउछु ..} ||

{
आज मेरो गाई हेर्ने पालो |
कृष्णजीलाई पठाइदेउँ गोठालो || }

सोह्र हजार गोपिनीलाई वँशीले भुलायौँ {श्याम..} |
राधा सहित मोहित पारी रास रचायौ {श्याम ...} ||

{
पशुपतिमा चार ढोका चाँदीका|
कृष्णजीलाई मन पर्ने राधिका || }   जाउँन जमुना....
हे कृष्ण मलाई मीठो..
हे कृष्ण मलाई मीठो वँशी सुनाई देउन { हो.. } |
तिमीलाई मात्र हैन त्रिलोकै थर्कइ देउन || -

कसरी वँशीले त्रिलोकै थर्काइ दिन्छौ |
तपस्वी ज्ञानीको आसन जगाइ दिन्छौ ||   हे कृष्ण मलाई मीठो..

वँशीको महिमा बुझ्दैनौ तीमि राधा |
यो विरहि हिरणीको ध्यानमा पर्छ बाधा || हे कृष्ण मलाई मीठो..

बाँसका टुक्राको महिमा के-के हुन्छ |
हामीले शिवाय अरुले कहाँ सुन्छ || हे कृष्ण मलाई मीठो..

तिम्रा ती देवता सबको सेखी झार्छ |
ब्रह्माजी त्रिदेव मोहित यसले पार्छ || हे कृष्ण मलाई मीठो..

सुरिलो तानको मोहिनी कस्तो राधा |
सुनेर यी कुरा चकित भएँ आज || हे कृष्ण मलाई मीठो..

हे प्यारी यसले गोपिनी डाकि ल्याउँछ |
जसले यो सुन्छ तिरुन्त यहाँ आउँछ || हे कृष्ण मलाई मीठो..
लैजाउँ कृष्ण..
लैजाउँ कृष्ण वैकुण्ठ विमानमा चढाउँदै |
हामी जान्छौ वैकुण्ठ हरि गुण गाउँदै ||   लैजाउँ कृष्ण..

के का होलान् मजिर के का होलान् जुईना |
नारायणको मन्दिर छोडि अन्त जाने छुईन || लैजाउँ कृष्ण..

कहाँ जन्मे राम लक्ष्मण कहाँ जन्मिन् सीता |
अति मीठो लाग्छ मलाई भागवत गीता ||  लैजाउँ कृष्ण..

आयोध्यामा राम लक्ष्मण जनकपुरमा सीता |
आति मीठो लाग्छ मलाई भागवत गीता ||  लैजाउँ कृष्ण..

नारायणको मन्दिरमा चन्दनको करालो |
भक्ति गर्ने भक्त जनलाई वैकुन्ठ उज्ज्यालो || लैजाउँ कृष्ण..

                           कति राम्रो..
कति राम्रो त्यो वृन्दावन, सललल बगेकी यमुना |
उस्तै राम्रो मथुरा शहर , जान मलाई लाग्दैछ रहर ||  कति राम्रो..

वृन्दावनको झीलिमिली कृष्णजिको दर्शन |
कृष्णजीको दर्शन गरे पापी पनि तर्छन् ||       कति राम्रो..

गाई बाछा लिई प्रभु जान्थे वन-वन |
गोपिनीको प्रेम ठूलो रुन्छन् मन-मन |   कति राम्रो..

कृष्णजीको जन्म भयो देवकीको काखमा |
मलाई पनि लानु प्रभु जान्छु तिम्रो साथमा ||  कति राम्रो..

पहिलो दर्शन विहारीको पछि रङ्गजीको |
यमुनामा स्नान गर्नु कृष्ण पियारीको ||  कति राम्रो..

राधाकुण्ड- श्यामकुण्ड गिरी गोवर्धन |
मधुर-मधुर वँशी बज्यो सोहि वृन्दावन || कति राम्रो..

वरि-परि ढल्की-ढल्की चर्ने बाछा गाई |
मुरलीधर श्रीकृष्ण जी माखन मिश्री खाई || कति राम्रो..

वँशी सुनी रास रची नाचे गोपीहरू |
कृष्णजीको भजन गरी हामी पनि तरू ||  कति राम्रो..

राधा नाचे
राधा नाचे,कृष्ण नाचे नाचे गोपि जन् |
मन् मेरो बन गयो सखि पावन वृन्दावन || ||

सूर्य नाचे, चन्द्र नाचे, नाचे तारागण |
मन मेरो बन गयो सखि पावन वृन्दावन |||| राधा नाचे ....

गँगा नाचे ,यमुना नाचे नाचे सरयू सँग |
मन मेरो बन गयो सखि पावन वृन्दावन |||| राधा नाचे ....

ब्रह्मा नाचे, शँकर नाचे नाचे नन्दी सँग |
मन मेरो बन गयो सखि पावन वृन्दावन |||| राधा नाचे ....

गन्धर्व नाचे , ऋषि मुनि नाचे नाचे देवगण |
मन मेरो बन गयो सखि पावन वृन्दावन |||| राधा नाचे ....

                       दशावतार
लौन हे मन ! कृष्ण हरि नारायण भजि देँ ||||

पहिलो अवतार लिए मत्स्य रुप विष्णुले |
शँख चक्र आदि धारी शँखासुर मारिदिए |||| लौन हे मन ! ....

दोश्रो अवतार लिए कच्छप रुप विष्णुले |
सुर-असुर साथ लिए मन्द्राचल धारिदिए |||| लौन हे मन ! ....

तेश्रो अवतार लिए वराह रुप विष्णुले |
दैत्य हिरण्याक्ष मारी वेद पृथ्वी पालिदिए |||| लौन हे मन ! ....

चौथो अवतार लिए नृसिँह रुप विष्णुले |
खम्बा फोरी निस्किएर प्रह्लाद भक्त पालिदिए |||| लौन हे मन ! ....

पाँचौ अवतार लिए वामन रुप विष्णुले |
तीन पाउँ पृथ्वी लीइ भक्त बलि पालिदिए |||| लौन हे मन ! ....

छैटौँ अवतार लिए पर्शुराम विष्णुले |
पितृ वचन सत्य गरि दुष्ट क्षत्री मारिदिए |||| लौन हे मन ! ....

सातौ अवतार लिए राम रुप विष्णुले |
राज्य त्यागी बनमा भागी रावणादि मारिदिए |||| लौन हे मन ! ....

आठौ अवतार लिए कृष्ण रुप विष्णुले |
गोपी लिई रास रचि दुष्ट कँश मारिदिए |||| लौन हे मन ! ....

नवौँ अवतार लिए बुद्ध रुप विष्णुले |
गुप्त धर्म प्रचार गरी साधु सन्त पालिदिए ||१०|| लौन हे मन ! ....

दशौ अवतार लेलान् कल्कि रुप विष्णुले |
म्लेच्छ सबै नासी सनातन धर्म पाल्नेछन् ||११|| लौन हे मन ! ....

प्रात: उठी गर्ला भजन दिल दिई जसैले |
पाप फाली सबै वन्धन काटी दिएला त्यासैले ||१२|| लौन हे मन ! ....

 जय शिव शँकर
जय शिव शँकर ,हर शिव शँकर , भज शिव शँकर भोला |
त्रिभुवन स्वामी अन्तर्यामी शरण सदा लिनु होला ||

बाँया काखमा पार्वती गौरी कटिमा मृगपति छाला |
नागहरुका बाजुबाला नागैका सब माला ||  जय शिव शँकर .......

चन्द्र मुकुटमा झलमल गर्ने शिरमा निर्मल गँगा |
करमा डिम-डिम डमरु बजेको गाथ मनोहर नँगा || जय शिव शँकर .......

अपरम्पार महिमा तिम्रो ऋषि मुनि गाए सारा |
पाउँ शरण भनी झुकि-झुकि हामी गर्छौ प्रेम पुकार || जय शिव शँकर .......

तीन नयनमा तीन थरि ज्योति जगमग गर्छन् भारी |
हर घडी हाँजिर चरणकमलमा ब्रह्मा-इन्द्र-मुरारी || जय शिव शँकर .......
 दुर्गा बन्दना
जय देवि सुरेस्वरी भगवती दुर्गे |
गय जगदीश्वरी मातर बन्दे ||

त्रिलोककी माता तिमी महिमा अपार |
स्तुती पूजा आउँदैन ज्ञान दिई सपार ||  जय देवि सुरेस्वरी ......

केवल जल-फल-फूल लिइकन हात |
कीर्तन -पूजन नमस्कार बारम्बार माथ ||  जय देवि सुरेस्वरी ......

चम-चम गरी चम्किदै छन् हातका हतिया |
अष्ट भूजा धारण गरी सिँहको सवार ||  जय देवि सुरेस्वरी ......

 श्री कृष्ण जन्मोत्सव
हे कृष्ण हजुरलाई सम्झेर |
गर्छौ भजन मन्दिरमा बसेर ||

भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा |
जेल भित्र जम्मनु भो साक्षात परमात्मा ||  हे कृष्ण ....

वसुदेवले टोकरीमा राखि शिरमाथि |
पुर्याउनु भो गोकुलमा शेष नागले ढाकी ||  हे कृष्ण ....

पुर्याउनु भो गोकुलमा बाह्र बजे राती |
आधा रात विचमा हो कोहि थिएनन् साथि ||  हे कृष्ण ....

पिता भए वासुदेव देवकी हुन् आमा |
छोरा भए स्वयँ कृष्ण कँस भए मामा ||  हे कृष्ण ....

रोहिणिका छोरा भए दाजु बलराम |
यसोदाले गोकुलमा देख्नु भयो श्याम ||  हे कृष्ण ....


राधा कृष्ण प्रभुका पदमा



राधा कृष्ण प्रभुका पदमा , पर्छु नाथ लिदिनुस् शरण |
भक्तवत्सल ! प्रभुविना दया गर्ने अर्को को ?   ||||

दयासागर हे मेरा प्रभु जी, कृपा दृष्टि बक्सियोस् नभुली
दयागरेर !
कसोगरी जाउँला सँसार पार तरेर || || राधा कृष्ण प्रभुका पदमा...

यतिन्जेलत सँसार मै डुलेर, बसेको थे प्रभुलाई भुलेर |
होसै नगरी !
प्रभु अब मेरो कल्याण होला के गरी |||| राधा कृष्ण प्रभुका पदमा...

मेरो छोरो मेरा यी आमा बाउ ,मेरो दौलत मेरा यी बस्तु भाउ |
मेरो साराधन् !
मेरो-मेरो भन्दा-भन्दै आयो मर्ने दिन |||| राधा कृष्ण प्रभुका पदमा...

मँ को हूँ मैले कहाँ जानु , मैले गर्ने कर्तव्य केहो ? |
केमा यो मन !
साथ लाने वस्तु के हो जिभ्रो टोक्या दिन |||| राधा कृष्ण प्रभुका पदमा...

यस्तो सोच्ने फूर्सद नै भएन , सँसार देखि मन अन्त गएन |
जावस कसरी !
धन सँपत्ति छोरा-छोरी मै आशक्ति ||||      राधा कृष्ण प्रभुका पदमा...
मर्छौ कालका मुखमा परेर ,सोध्लान यमदूत कडा स्वर गरेर |
भन्त भाई अब !
ईश्वरका निम्ति तैले के-के गर्या छस् |||| राधा कृष्ण प्रभुका पदमा..

त्यसबेलामा के भन्नु मैइले , हरि भजन गरिन पहिले |
धर्म तर्फ !
निन्दा मात्रै गर्थे केवल मस्त भएर || || राधा कृष्ण प्रभुका पदमा..

दानी भई दानै गरियो , दु:खिको दु: नै हरियो |
ता धर्मक्यै !
प्रभुको दर्शन गरे तीर्थ व्रत गैँ |||| राधा कृष्ण प्रभुका पदमा..

नता बसे भक्ति नै गरेर , सम्झन्छु प्रभुलाई केहि वेर |
व्यर्थै जीवन !
गुमाई सके प्रभुजीमा नदिई यो मन ||१०|| राधा कृष्ण प्रभुका पदमा..

कहिल्यै मालानै जपियो , चौवीस घण्टा सँसार मै फसियो |
वास्तै नगरी !
जानुपर्ला नरक भनी हुन्छन् थर्थर || ११||  राधा कृष्ण प्रभुका पदमा..

पाप गरे सीमा नै नाघेर, अहिले आउँछ पछुतो लागेर |
धिक्कार बुद्धिलाई !
अव मलाई नरकबाट को बचाउँला गै ||१२||  राधा कृष्ण प्रभुका पदमा..

आमा बुवा स्त्री पुत्र दौलत धन्, मर्या दिन साथ कोहि जादैनन् |
त्यसै बेला !
पाप पुण्य दुवै जान्छ साथ भएर ||१३|| राधा कृष्ण प्रभुका पदमा.....

धर्म भन्ने केहि छैन गरेको ,को होला मँ जस्तो सडेको |
कोहि जन्मन्छ !
अवश्यनै पछि मलाई नरक लैजान्छन् ||१४|| राधा कृष्ण प्रभुका पदमा.....

यमराजले लैजालान् पक्रेर , बस्नु पर्ला नरकमा सडेर |
खाई पिटाई !
कोहि हुदैनन् भाई बन्धु ल्याउँने छुटाई ||१५|| राधा कृष्ण प्रभुका पदमा.....

यमराजले लैजालान् घिसार्दै , थप्पड दिदै लैजादै पछार्दै |
रगत छदाउँदै !
गर्थिस् पाप चाख्न मजा भन्दै सुनाउँदै ||१६||  राधा कृष्ण प्रभुका पदमा.....

यति भन्दै नरकमा लान्छन् रे , च्याप्दै छाला चिम्टाले तान्छन् रे |
घन्ले हान्छन् रे!
शरीरको सबै मासु लुट्दै खान्छन् रे ||१७||  राधा कृष्ण प्रभुका पदमा.....

ताता तेलका कराइमा हाल्छन् रे, आगो लाउँदै पकाउँन थाल्छन् रे |
ज्यादै सताई !
मरे बाबा बरै भन्दै रुला कराई ||१८|| राधा कृष्ण प्रभुका पदमा.....

मर्छस् ऐल्यै भनेर समाउदै , पछार्छन् रे जमीनमा घुमाउँदै |
लुगापिटे झै !
उठाउँदै थेचार्छन रे त्यसै ठाउँमा ||१९||  राधा कृष्ण प्रभुका पदमा.....

एक पत्र छाला सब तर्छन् रे नुन अमीलो खोर्सानी घस्छन् रे |
सास्ती दिएर !
कुट्छन् पिट्छन् फलामको कोर्रा लिएर ||२०||  राधा कृष्ण प्रभुका पदमा.....

फलामको किलाले ठोक्छन् रे , तीखा-तीखा भालाले रोप्छन् रे |
गर्दै गर्जना !
दया भन्ने कोहिमा पनि हुन्न अरे त्यहाँ ||२१||  राधा कृष्ण प्रभुका पदमा.....

फेरी शीशा पगाली तप्तपी, लगि खन्याइ दिन्छन् रे मुख भरी |
पोल्दै भत्भति !
जान्छ अरे पेट भित्र कस्तो आपत्ति ||२२||  राधा कृष्ण प्रभुका पदमा.....

मल मूत्र सिँगान रगतको ,खकार थुक इत्यादि जमेको |
दह बन्छ रे!
त्यो दहमा लगिकन पछार्दिन्छन् रे ||२३||  राधा कृष्ण प्रभुका पदमा.....

त्यति गरि लान्छन् रे रुख तिर , टाउको तल खुट्टालाई मास्तिर |
पार्दै झुण्ड्याई !
दिन्छन् अर तलबाट आगो लगाई ||२४||  राधा कृष्ण प्रभुका पदमा.....

कैले लगि पक्रेर साराले , खडा गर्दै चिर्छन् आराले |
जिउमा सरर !
खस्छ अरे खुनको धारो भुईमा तरर || २५||  राधा कृष्ण प्रभुका पदमा.....

कैले लगि जमीनमा सुताई, ठूला-ठूला हातिले कुल्च्याई |
एवम रीतले !
नाना दु: दिन्छन् अर यम दूतले ||२६|| राधा कृष्ण प्रभुका पदमा.....
कुकुर गिद्ध व्वासो चितुवा,बाघ भालु इत्यादि जन्तुका |
विचमा फाल्छन् रे!
सारा जन्तु छाला मासु लुट्दै खान्छन् रे || २७|| राधा कृष्ण प्रभुका पदमा.....

सबै जीव जन्तुको आहारा , हुदै बस्यो घर्घरी रोएर |
जब कट्छ पाप !
लिन्छौ अरे जन्म फेरी गै चौरासी लाख || २८||राधा कृष्ण प्रभुका पदमा.....

प्रभु हजूर पतित पावन , सफल पारी दिनुहोस् यो जीवन |
कृपा गरेर !
गर्छु पुकार प्रभुजीमा शरण परेर ||२९|| राधा कृष्ण प्रभुका पदमा.....

एक दिन पनि छोडेर प्रभुलाई,यो मन अन्त नजाओस् घुम्नला |
जीभ्रो दिन दिनै !
मस्त भई गरिरहोस् हरि कीर्तन ||३०|| राधा कृष्ण प्रभुका पदमा.....
कानले सधै सुन्दियोस् प्रभुका, कीर्तन भजन पुराण कथा |
लट्ठ भएर !
प्रभुजीको दर्शन गरोस् आँखा गएर || ३१|| राधा कृष्ण प्रभुका पदमा.....

माया मोह छल कपट अभिमान , लोभ लालच इत्यादि जतिछन् |
सबै गरी नाशँ !
प्रभुजीमा मन् दिउँ सधै पुग्छौ उनकै पास ||३२|| राधा कृष्ण प्रभुका पदमा.....
 

No comments:

Post a Comment