Tuesday, May 3, 2011

भगवान पर्शुराम जयन्ति विशेष

वैशाखस्य सिते पक्षे तृतीयायां पुनर्वसौ ।
निशायाः प्रथमे यामे रामाख्यः समये हरिः ।।
स्वोच्चगैः षड्ग्रहैर्युक्ते मिथुने राहुसंस्थिते ।
रेणुकायास्तु यो गर्भादवतीर्णों विभुः स्वयम् ।।
भगवान पर्शुराम स्वयं भगवान विष्णुको  अंशावतार थिए । त्यसैले पर्शुरामको  गणना दशावतारमा गरिन्छ ,यिनको जन्म वैशाख शुक्लपक्षको तृतीया तिथि ,पुनर्वशु नक्षत्र रात्रिको पहिलो प्रहरमा  उच्चका छ ग्रहले युक्त मिथुन राशिमा राहु स्थित भएको वेलामा भृगुवंशी महर्षि जमदग्निकी पत्नी  रेणुकाको गर्भबाट भएको थियो । पर्शुराम भगवान शिवका परम् भक्त थिएउनको वास्तविक नाम राम भए पनि परशु {बन्चरो } धारण गरेको कारणले यिनलाई पर्शुराम भनिन थाल्यो ,त्यो अमोघ शस्त्र उनले भगवान शिवबाट प्राप्त गरेका थिए  
एक क्रान्तिकारी ब्राह्मण योद्धा पर्शुरामको परिचय एक क्रान्तिकारी ब्राह्मण योद्धाका रुपमा हुन्छ । यस संग  संबंधित पुराणमा  कथा वर्णित भए अनुसार  पुत्र प्राप्ति हेतु पर्शुरामकी माता तथा विश्वामित्रकी मातालाई प्रसाद  प्राप्त भएको थियो त्यो प्रसाद दैवयोगले एक-आपसमा साटिएको थियो । यसैबाट रेणुका पुत्र पर्शुराम ब्राह्मण हुदाहुदै पनि क्षत्रिय स्वभावका थिए भने  विश्वामित्र क्षत्रिय कुलमा  उत्पन्न भएर पनि  ब्रह्मऋषि भए 
पितृभक्त -भगवान पर्शुराम भार्गव गोत्रका सबै भन्दा आज्ञाकारी संतानहरुमा प्रमुख थिए  पुराणानुसार  पर्शुरामकि  माता रेणुकाले अज्ञानतावस् कुनै अपराध गरिछन् { पानि लिनजादा चित्ररथ नामक गंदर्भलाई जलमा क्रिडा गर्दै गरेको देखेर केहि क्षण बसेर हेरिछिन र घर आउन ढिलो भएको थियो }  पिता जमदग्नि त्यो अपराध देखि अत्यन्त क्रोधित भएर उनले आफ्ना पुत्रलाई  रेणुकाको शिर काट्ने आज्ञा दिए ।मातृ मोहवश  पुत्रहरु त्यसो गर्न डराए त्यो देखेर जमदग्निले पर्शुरामलाई आज्ञा दिए तिमि  रेणुका सहित सबै तिम्रा भाईहरुको पनि शिर काट  पिताका तपोबल संग परिचित र प्रभावित  पर्शुरामले पिता  आज्ञानुसार माता सहित सबै भाईहरुको पनि वध गरिदिए  पिता जमदग्नि यस  पितृभक्ति देखि  अत्यन्त  प्रसन्न भएर  पर्शुरामलाई वर माग भन्दा पर्शुरामले मेरी माता तथा भाई पुनः जीवित हुने  तथा द्वारा वध गरिएको स्मृति पनि नरहने अनि आफु पनि निस्पाप हुनेगरिको वर माग्दा  जमदग्निले प्रसन्नचित भएर तथास्तु भनेर आशिर्वाद दिए !
२१ पटक  गरे पृथिवीलाई क्षत्रिय रहित -एक समय पृथिविमा  हैहयवंशीय क्षत्रीय राजाहरुको अत्याचार थियो  त्यसै मध्ये एउटा सहस्त्रार्जुन राजाले यिनका  पिता जमदग्निको  वध गरिदियो त्यो बेला  पर्शुराम तिर्थ यात्रामा गएका थिए  । तिर्थ यात्राबाट फर्किएर आएपछि आफ्ना पिताको  मृत्यु भएको सुनेर तथा माता छाति पिटी-पिटी रोएको देखेर क्रोधित भएर पर्शुरामले यस पृथ्वीलाई क्षत्रिय रहित गर्ने प्रतिज्ञा गरे  पर्शुरामकी माता पति जमदग्निका साथमा नै सती भईन  माता-पिताको  अन्त्येष्ठी  संस्कार पश्चात् पर्शुरामले सहस्त्रार्जुन संग युद्ध गरेर त्यसको वध गरि दिए  त्यस पछाडी  उनले यस  पृथ्वीलाई २१ पटक दुष्ट हैहयवंशीय क्षत्रियदेखि रहित गरिदिए अनि उनीहरुको रगतले समन्तपंचक क्षेत्रका पाँच सरोवर भरिदिए । अन्त्यमा महर्षि ऋचीकले प्रकट भएर पर्शुरामलाई यस्तो घोर कृत्य गर्नबाट रोकिदिए । त्यसपछि   पर्शुराम ब्राह्मणहरुलाई सबै पृथ्वी दान गरेर महेन्द्र पर्वतमा तपस्या गर्न गए । मानिएको छ  अश्वथामा, हनुमान ,वली ,व्यास,कृपाचार्य ,हनुमान र विभिषण जस्तै  भगवान पर्शुराम पनि  अजर - अमर छन् र उनि  कल्पको अन्त्य सम्म यस पृथिवीमा  तपस्यारत रहन्छन्  

No comments:

Post a Comment