विद्या हराए काशी जानु न्याय न पाए गोर्खा जानु भन्ने उक्ति अब वास्तवमा चरितार्थ भएको छ । विश्वमान चित्रमा आध्यात्मिक क्षेत्रको मूल थलो भनेर चिनिने भारत बर्षको बौद्धिक नगरी , साक्षात् भगवान शंकरको त्रिशुलमा अडिएको ,कल-कल निनादिनी ,पतित पावनी ,भगवती भागीरथिको पावन तटमा अवस्थित काशिनगरी र त्यहाका विद्वानहरुलाई नचिन्ने कमै होलान् । आज पनि काशीका विद्वानहरुको आफ्नै गौरव र गर्व छ । आद्यगुरु शंकराचार्यले धर्म व्यतिक्रम नहोस् भनेर चार 1. बद्रीनाथ 2. द्वारिका 3. जगन्नाथ पुरी 4. रामेश्वरम धाम र त्यहाँ एक-एक शंकराचार्यलाई स्थापना गराउनु भएको थियो र त्यो परम्परा अद्यावधि कायम नै छ । जसलाई शंकर्याचार्य पीठको नामले पनि चिन्ने गरिन्छ । त्यो पीठ भन्दा तल्लो श्रेणीमा विभिन्न किल्लाहरू हुने गर्छन् जसलाई आध्यात्मिक भाषामा अखाडा भन्ने गरिन्छ । अखडाको अर्थ युद्धको मैदान भन्ने हुन्छ ,शंकराचार्यको अखाडा निर्माणको तात्पर्य पनि यहि नै थियो कि कसैले धर्म र धार्मिक क्षेत्र तथा धर्मप्रचारक माथि अनैतिक हमला गर्छ भने अखाडा अगाडी आउने गर्दछ । त्यसले सबै अखाडाहरु मिलेर एउटा अखाडा परिषद निर्माण गरेका छन् जसको मान्यता सरकारले नै दिएको हुन्छ । भारत वर्षका चार धाममा चार शंकराचार्यहरु हुन्छन उनीहरुलाई धर्म रक्षकको नामले नै चिन्दा अनुपयुक्त नहोला । उनीहरुको दृष्टिमा कुनै नेपाल आमाको गिरिकंदरामा हुर्किएको विशुद्ध नेपाली नागरिकले जगत्गुरुको उपाधि पाउछ भने त्यो सिङ्गो नेपालको लागि नै गौरवको कुरा हो ।त्यो श्रेय पाउनुहुने नेपालका प्रथम जगत्गुरु चतरा {प्राचिन हरिद्वार } सुनसरीका बालसंत मोहनशरण देवाचार्य अवश्य नै निकै चोटिला हुनुन्छ । निम्वार्क सम्प्रदायमा आबद्ध बालसंतले नेपालमा पहिलो कुम्भ मेलाको आयोजन गरेर न केवल नेपाल अपितु सम्पूर्ण विश्वलाई नै चकित पारिदिनु भएको तथ्य अझै हामीले बिर्सिएका छैनौ ।
वाल सन्त मोहनशरण देवचार्य महाराज जीलाई भारतीय विशिष्ठ विद्वानहरुको विद्वत्परिषद , अखाडा परिषद , तथा शंकराचार्य मठको तर्फबाट नेपालकै प्रथम जगतगुरुको उपाधीद्वारा यही मिति २०६७ साल बैशाख १ गते विभूषित गरेको थियो । सम्पूर्ण नेपालीहरु मध्येकै प्रथम जगतगुरुको उपाधी पाउनु भनेको आम नेपाल र नेपालीको सम्मानको रुपमा लिनै पर्छ । जगतगुरुले नेपालको सुन्सरीमा अवस्थित पिन्डेस्वर धाममा एैतिहसिक कुम्भ मेला लगाउनको लागि आग्रणी भूमिका खेली विश्वकै सम्पूर्ण शक्तीपिठहरुको शिर मानिने पवित्र देवस्थल नेपाल र शान्तिका अग्रणी मानिने नेपालीको पहिचानमा महत्वपूर्ण सहयोग पुर्याउनु भएकोमा समेत वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । जगतगुरुको उक्त प्रयासलाई हामी सबै राष्ट्रप्रेमी नेपालीहरुले सहयोग पुर्याउनु हामी सबै नेपालीहरुको प्रथम कर्तव्य पनि हो ।
अब जगत्गुरुको काधमा धेरै ठुलो जिम्मेवारी आएको छ । देश अहिले धर्म व्यतिक्रमको दल-दलमा फसेको अवश्था छ । धर्म निरपेक्षको नाममा हिन्दु धर्ममाथि ठुलो बज्रपात भएको छ ,अन्य तथा कथित् विदेशी संस्थाहरुले विभिन्न लोभ र प्रलोभन देखाएर सिधा-साधा नेपाली सपूतहरुलाई धर्म परिवर्तन गराउने धृष्टता गरिरहेका छन् । धार्मिक कार्यमा जीवन यापन गर्दै जन-जनमा धार्मिक जागरण दिलाउदै प्रगतिपथमा बढीरहनु हुने जगत्गुरुका लागि धर्म रक्षार्थ , विश्व हिन्दुत्व बोधार्थ जन चेतना अभियान चलाउनु शिवाय अरुकुनै विकल्प देखिदैन ।
No comments:
Post a Comment